Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

कास्की अदालतमा ६५ लाख धरौटी बुझाए पनि रिहा हुने छैनन् रवि !

कास्की अदालतमा ६५ लाख धरौटी बुझाए पनि रिहा हुने छैनन् रवि !

बिहिवार , पौष २५, २०८१

काठमाडौं । कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिए पनि रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने तत्काल नछुट्ने भएका छन् ।

बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

उक्त धरौटी बुझाए पनि उनी तत्काल रिहा हुन भने पाउने छैनन् । किनभने, यसअघि अभियोगपत्रमै रविलाई तत्काल छुटी जाने भएमा प्रहरीलाई नै जिम्मा दिन सरकारी पक्षले माग गरेको छ।

कास्कीबाहेक काठमाडौं, चितवन, रूपन्देही र पर्सामा समेत उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले उनलाई प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको हो । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दा काठमाडौं अदालतमा पुगेको छ ।

काठमाडौं प्रहरीले कास्कीको प्रक्रिया पूरा हुनासाथ हस्तान्तरण गर्न भन्दै पत्र लेखेकाले कास्कीमा धरौटी बुझाएलगत्तै लामिछानेलाई काठमाडौं ल्याइनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077