Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

रविबारे अदालतको आदेश - कसुरदार रहेनछन् भन्न सकिएन [पूर्णपाठसहित]

रविबारे अदालतको आदेश - कसुरदार रहेनछन् भन्न सकिएन [पूर्णपाठसहित]

बिहिवार , पौष २५, २०८१

काठमाडौं । जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका सातै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सातै जनासँग धरौटी माग गर्ने आदेश दिएको हो । रवि लामिछानेसँग अदालतले ६५ लाख धरौटी माग गरेको छ ।

उनलाई भन्दा बढी गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं सेयरधनी पूर्व डीआईजी छविलाल जोशीलाई ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ।

लिला पछाईलाई ३७ लाख, पूर्व प्रहरी रामबहादुर खनाललाई १५ लाख, पूर्वसांसद मीना गुरुङलाई ५ लाख, मीनाका बुबा कृष्णबहादुर गुरुङलाई एक लाख र आरती गुरुङलाई ५ लाख धरौटी माग गरिएको छ।

अब अदालतले माग गरेको धरौटी बुझाएमा रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी बाहेक रिहा हुनेछन् । उनीहरुलाई भने अन्य चार जिल्लामा पनि सहकारी ठगीकै मुद्दा रहेकाले तत्काल रिहा गरिने छैन ।

अदालतले रवि लामिछाने कसुरदार रहेनछन् भन्न नसकिने पूर्णपाठमा उल्लेख गरेको छ । यद्यपि, पछि थप प्रमाण प्राप्त भए सोबमोजिम गर्ने सर्तमा अदालतले लामिछानेलाई बिहीबार ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077