Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

६५ लाख धरौटी बुझाएर ८४ दिनपछि छुटे रवि, जिल्ला अदालतमा आफैं उपस्थित हुने

६५ लाख धरौटी बुझाएर ८४ दिनपछि छुटे रवि, जिल्ला अदालतमा आफैं उपस्थित हुने

बिहिवार , पौष २५, २०८१

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले आदेशपछि बिहीबार साँझ उनी ६५ लाख धरौटी बुझाएर रिहा भएका हुन् ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिनपछि रिहा भएका हुन् ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले यसअघि नै पक्राउ पूर्जी जारी गरिसकेको छ । अब लामिछाने काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077