Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

द्वन्द्वकालीन सिलिन्डर बम सेनाले गर्‍यो डिस्पोज

द्वन्द्वकालीन सिलिन्डर बम सेनाले गर्‍यो डिस्पोज

बिहिवार , पौष २५, २०८१

विराटनगर । मोरङमा फेला परेका द्वन्द्वकालीन सिलिन्डर बम सेनाको टोलीले बिहीबार डिस्पोज गरेको छ ।

सुन्दरहरैँचा नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गमा फेला परेका २ वटा सिलिन्डर बम सेनाको टोलीले बिहीबार साँझसम्म लगाएर डिस्पोज गरेको हो ।

बम रहेको जानकारी आएलगत्तै खोजीका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो । मोरङ प्रहरीका अनुसार खोजतलास गर्दा मालती पुलबाट करिब १० मिटर पश्चिममा सुरुङ खनेर राखिएको ४ वटा सिलिन्डर बिहीबार दिउँसो फेला परेका थिए ।

बिहीबार बिहान ८ बजेदेखि सवारीसाधन आवागमन तथा मानिसलाई आवतजावतमा रोक लगाएर संयुक्त सुरक्षा फौजले ‘सर्च’ गरेको थियो ।

प्रहरीका अनुसार ४ वटामध्ये २ वटा सिलिन्डर बम र २ वटा ग्यास भरिएको सिलिन्डर रहेको पत्ता लागेको छ । ती सिलिन्डर बम माओवादी सशस्त्र युद्धको समयमा राखिएको खुलेको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077