Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

प्रहरीले डिपी अर्यालको रोहबरमा रविलाई छाड्यो

प्रहरीले डिपी अर्यालको रोहबरमा रविलाई छाड्यो

बिहिवार , पौष २५, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की प्रहरीले कार्यवाहक सभापति डिपी अर्यालको जिम्मा लगाएको छ ।

शुक्रबार बिहान १० बजे काठमाडौं प्रहरी परिसरमा उपस्थित हुने सर्तमा कास्की प्रहरीले लामिछानेलाई अर्यालको रोहबरमा छाडेको हो ।

उनको पोखरास्थित गण्डकी अस्पतालमा स्वास्थ्य परीक्षण गराएर परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

कास्कीस्थित सूर्य दर्शन सहकारीको रकम हिनामिना आरोपमा लामिछाने २ कार्तिकमा काठमाडौ‌बाट प्रकाउ परेका थिए । उनलाई आजै कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

बिहीबार कास्की जिल्ला अदालतले सात जना प्रतिवादीसँग धरौटी माग गरेको थियो। पूर्वडिआइजी छविलाल जोशीलाई पनि ८८ लाख रूपैयाँ धरौटी माग गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077