Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सूर्य थापा भन्छन् - रवि लामिछानेले सहकारीबाटै ७५ लाख भुक्तानी गरेको खुलासा भयो

सूर्य थापा भन्छन् - रवि लामिछानेले सहकारीबाटै ७५ लाख भुक्तानी गरेको खुलासा भयो

बिहिवार , पौष २५, २०८१

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले रास्वपा सभापति रवि लामिछानेले सुरुमा सहकारीबाटै ७५ लाख भुक्तानी गरेको खुलेको दाबी गरेका छन् ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिका संयोजक सहेत रहेका थापाले यस्तो दाबी गरेका हुन् ।

जिल्ला अदालत, कास्कीले बिहीबार रिहा गरेपछि लामिछानेसहितका बारेमा निकालेको पूर्णपाठको अंश साझा सहकारीको रकमबाटै सुरुमा गोरखा मिडिया नेटवर्कमा ७५ लाख रवि लामिछानेको शेयरबापत् भुक्तानी गरेको खुलासा भएको उल्लेख गरे ।

उनले लेखेका छन्, 'सहकारीको रकमबाटै सुरुमा गोरखा मिडिया नेटवर्कमा ७५ लाख रवि लामिछानेको शेयरबापत् भुक्तानी गरेको खुलासा भयो ।'

बिहीबार जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी धरौटी बुझाएर थुनामुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077