Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

पूर्व डीआईजी छविलाई पनि रास्वपा नेताको जिम्मामा छाडियो

पूर्व डीआईजी छविलाई पनि रास्वपा नेताको जिम्मामा छाडियो

बिहिवार , पौष २५, २०८१

कास्की । गोर्खा मिडियाका पूर्वसञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई पनि रास्वपाका नेताहरूको जिम्मामा छाडिएको छ ।

अदालतको आदेशपछि ८८ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका उनलाई डीपी अर्यालको जिम्मामा प्रहरीले छाडेको हो । जोशीलाई काठमाडौं अदालतमा स्वयं उपस्थित हुनेगरि छाडिएको बताइएको ।

बिहीबार अदालतको आदेशपछि ६५ लाख रुपैयाँ बैंक जमानत बुझाएर रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन् ।

उनीहरूविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा पनि मुद्दा छ । सोही मुद्दाकाआरोपित जीबी राईकी सहयोगी लीला पछाई भने धरौटी बुझाउन नसक्दा कारागार चलान भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077