Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कांग्रेसका नेता डा. कोइराला बेलायतमा

कांग्रेसका नेता डा. कोइराला बेलायतमा

शुक्रवार , पौष २६, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बेलायत पुगेका छन् ।

बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग, व्यापार तथा वाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा उनी बेलायत गएका हुन् ।

कोइराला बिहीबार साँझ लण्डनस्थित हिथ्रो विमानस्थलमा उत्रिँदा नेपाली जनसम्पर्क समिति, बेलायतका सभापति युवराज गुरुङ्ग लगायत नेपाली कांग्रेसका कार्यकर्ताले स्वागत गरेका थिए ।

विमानस्थलमा संचारकर्मीहरूसँग प्रतिक्रिया दिँदै कोइरालाले भने, ‘म नेपालका सांसदको हैसियतले बेलायत आएको हुँ र यहाँको संसदसँगको सम्बन्धलाई अझ बलियो बनाउन चाहन्छु।’

कोइराला आगामी १६ जनवरी, शुक्रबार नेपाल फर्कने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077