Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

रोधीघरमा लफडा भएपछि असईको जिम्मेवारी खोसियो

रोधीघरमा लफडा भएपछि असईको जिम्मेवारी खोसियो

शुक्रवार , पौष २६, २०८१

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत एक प्रहरी प्रहरी सहायक निरीक्षक (असई) को जिम्मेवारी खोसिएको छ ।

धनगढीको बुद्धचोकस्थित बाडुली रोधीघर एण्ड रेस्टुरेन्ट बारमा लफडा भएपछि असई अमर भण्डारीलाई जिम्मेवारीबाट हटाइएको हो ।

उजुरी तथा छानबिन शाखामा कार्यरत उनलाई कारबाही स्वरुप जिम्मेवारीबाट हटाइएको कैलाली प्रहरीले जनाएको छ । बाडुली रोधीघरलाई असई भण्डारीले आफ्नो भन्दै आएका थिए ।

सोही रोधिघरमा भएको एक लफडाको विषय जिल्ला प्रहरी कार्यालयमा आएको थियो । उनको सो प्रकरणमा स्वार्थ जोडिएको भन्दै गुनासो गरिएपछि शाखाबाट हटाएर ड्युटी लगाइएको छ ।

असई भण्डारीको रोधीघरमा नाङ्गो नाचदेखि विभिन्न लफडा हुँदै आएका आरोप छ । असई भण्डारीले दाईको लगानी रहेको रोधीघरलाई आफ्नो दाबी गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077