Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

अटोमा बेहोस भएका पुरुषको मृत्यु, चालक र यात्रुसँग सोधपुछ गर्दै प्रहरी

अटोमा बेहोस भएका पुरुषको मृत्यु, चालक र यात्रुसँग सोधपुछ गर्दै प्रहरी

शुक्रवार , पौष २६, २०८१

कैलाली । धनगढीमा अटो रिक्सामा सवार भएका बेला बेहोस् भएका एक जनाको मृत्यु भएको छ ।

बिहीबार शहीदगेटदेखि चौराहतर्फ जाँदै गरेको सुपप्र ०१००१ ह ४८८७ नम्बरको अटोमा सवार धनगढी उपमहानगरपालिका-४ मा डेरा गरि बस्ने ४६ वर्षीय भुवन खत्री एक्कासि बेहोस भएका थिए ।

उनलाई तत्काल उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो तर उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीले अटो चालक धनगढी उपमहानगरपालिका-४ बस्ने ४० वर्षीय नारायण थापा र अटोमा सवार धनगढी-३ बस्ने ४२ वर्षीय मन्जुरी खानलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077