Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रधानमन्त्री ओली र राप्रपा नेपालका अध्यक्ष थापाबीच भेटवार्ता

प्रधानमन्त्री ओली र राप्रपा नेपालका अध्यक्ष थापाबीच भेटवार्ता

शुक्रवार , पौष २६, २०८१

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच शुक्रबार बिहान बालुवाटारमा भेटवार्ता भएको हो ।भेटमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल भएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले सहमतिको आधारमा संविधान संसोधन गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराएको थापाको सचिवालयले जनाएको छ ।

भेटमा थापाले २०८७ मा संविधान संसोधनबारे राखेको जिज्ञासलाई स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले यस्तो जानकारी गराएका हुन्

संसदमा रहेका कतिपय दलहरूले संविधान संशोधन गर्न नदिने बताइरहेको सन्दर्भमा सहमति बनाउन समय लाग्ने देखिएको र त्यस्तो अवस्थामा संशोधन प्रक्रिया पछि धकेलिन सकिने धारणा प्रधानमन्त्री ओलीले राखेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077