Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रविलाई ६५ लाख धरौटीमा रिहाको आदेश दिने न्यायाधीशविरुद्ध उजुरी

रविलाई ६५ लाख धरौटीमा रिहाको आदेश दिने न्यायाधीशविरुद्ध उजुरी

शुक्रवार , पौष २६, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई धरौटीमा रिहाको आदेश दिने कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईविरुद्ध उजुरी परेको छ ।

न्यायाधीश राईविरुद्ध युवराज सफलले न्याय परिषद्‌मा उजुरी दिएका हुन् ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा ८४ दिनसम्म हिरासतमा राखिएका लामिछाने जिल्ला अदालत कास्कीका न्यायाधीश राईको आदेशमा बिहीबार थुनामुक्त भएका थिए।

पूर्व गृहमन्त्रीसमेत रहेका रविलाई ६५ लाख धरौटीमा छाडिएको थियो । रविलाई आफैँ अदालतमा उपस्थित हुने सर्तमा कास्की प्रहरीले रास्वपा कार्यवाहक सभापति डिपी अर्यालको जिम्मा लगाएको थियो। उनीविरुद्ध कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको पनि मुद्दा छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077