Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

घरजग्गा व्यवसायी लामामाथि आक्रमण गरेको आरोपमा थप एकजना पक्राउ

घरजग्गा व्यवसायी लामामाथि आक्रमण गरेको आरोपमा थप एकजना पक्राउ

शुक्रवार , पौष २६, २०८१

काठमाडौं । घरजग्गा व्यवसायी विक्रम लामामाथि लाजिम्पाटमा आक्रमण गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको आरूघाट गाउँपालिका–८ का २९ वर्षीय सिजन अधिकारी छन् ।

उनलाई कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रमा शंकास्पद तवरले हिँडिरहेको अवस्थामा फेला पारिएको हो ।

तर उनलाई भारतको नयाँ दिल्लीबाट पक्राउ गरिएको स्रोतको दाबी छ । उनी विगतमा पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

नुवाकोटका व्यवसायी लामामाथि गत कात्तिक ११ गते उनको अफिस नजिकै लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा अन्धाधुन्ध रड प्रहार गरिएको थियो । लामामाथि गाडी पार्किङ गरेर झरेलगत्तै चार जनाको समूहले आक्रमण गरेको थियो ।

आक्रमणको आरोपमा यसअघि प्रहरीले गण्डकी प्रदेश सांसद दीपक मनाङेका स्वकीय टीका भण्डारी, मार्शल भनिने शैलेन्द्र तामाङ र निश्चल सुनारलाई पक्राउ गरेको थियो । उनीहरु चारै जनामाथि प्रहरीले ज्यान मार्ने उद्योग र संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077