Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

ट्रम्पसँग वार्ताका लागि भ्लादिमिर पुटिन तयार

ट्रम्पसँग वार्ताका लागि भ्लादिमिर पुटिन तयार

शुक्रवार , पौष २६, २०८१

एजेन्सी । रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले शुक्रबार राष्ट्रपति भ्लादिमिर पुटिन डोनाल्ड ट्रम्पसँग वार्ताका लागि तयार रहेको बताएको छ । रुसको यो घोषणा नवनिर्वाचित अमेरिकी राष्ट्रपतिले दुई नेताबीच बैठक तय भइरहेको बताएपछि आएको हो ।

जनवरी २० मा पदवहाली गर्ने ट्रम्पले रुस र युक्रेनबीचको करिब तीन वर्षे युद्धलाई छिटै अन्त्य गर्नसक्ने बताएका छन् । तर कुनै ठोस योजना प्रस्तुत गरेका छैनन् ।

'राष्ट्रपतिले बारम्बार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत अन्तर्राष्ट्रिय नेताहरूसँग सम्पर्क गर्न खुला रहेको बताउनुभएको छ', पुटिनका प्रवक्ता दिमित्री पेसकोभले भनेका छन् ।

ट्रम्पले बिहीबार पुटिनसँग बैठक तय भइरहेको बताएका थिए । 'उहाँ भेट्न चाहनुहुन्छ, र हामी यसको व्यवस्था गरिरहेका छौँ', फ्लोरिडाको पाम बिचस्थित मार–ए–लागो रिसोर्टमा रिपब्लिकन गभर्नरहरूसँगको बैठकमा ट्रम्पले भनेका थिए, 'राष्ट्रपति पुटिन भेट्न चाहनुहुन्छ, उहाँले त्यो सार्वजनिक रूपमा पनि भन्नुभएको छ र हामीले त्यो युद्ध समाप्त गर्नुपर्छ, त्यो एउटा रक्तपातपूर्ण अवस्था हो ।'

क्रेमलिनले ट्रम्पको ‘वार्ताको माध्यमबाट समस्या समाधान गर्ने तयारी’ लाई स्वागत गरेको पेसकोभले शुक्रबार बताए

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077