Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आम आदमी पार्टीका विधायक गोगीको गोली लागेर मृत्यु

आम आदमी पार्टीका विधायक गोगीको गोली लागेर मृत्यु

शनिवार , पौष २७, २०८१

एजेन्सी । भारतको पञ्जाबमा आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर मृत्यु भएको छ । पञ्जाब प्रहरीका अनुसार हिजो राति १२ बजेतिर गोगीलाई गोली लागेको हो ।

गोली लागेपछि गुरप्रीत गोगीलाई लुधियानाको डीएमसी अस्पतालमा ल्याइएको थियो । तर त्यहाँ उनलाई मृत घोषित गरिएको बताइएको छ ।

उनको शव डीएमसी अस्पतालको शवगृहमा राखिएको छ। गुरप्रीत गोगी लुधियाना पश्चिमबाट आम आदमी पार्टीका विधायक थिए ।

गोगीको टाउकोमा गोली लागेको थियो । उनले आफैंलाई गोली हानेको अनुमान गरिएको छ । यद्यपी घटनाको प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077