Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अमेरिकामा आगलागीबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

अमेरिकामा आगलागीबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

शनिवार , पौष २७, २०८१

एजेन्सी । अमेरिकाको लस एन्जलस काउन्टीमा आगलागीबाट अहिलेसम्म ११ जनाको मृत्यु भएको छ ।

मेडिकल परीक्षकले पालिसेड्स आगलागीमा पाँच जना र इटन आगलागीमा छ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा हालसम्म तीन जनाको मात्रै सनाखत भएको त्यहाँको प्रहरीले जनाएको छ ।

लस एन्जलसका पाँचवटा क्षेत्रमा फैलिएको आगोलाई नियन्त्रण गर्न अग्नि नियन्त्रकहरूले निरन्तर काम गरिरहेका छन्।

पालिसेड्समा २० हजार एकडभन्दा बढी जमिन प्रभावित भएको छ र हालसम्म आठ प्रतिशत मात्र आगो नियन्त्रणमा आएको छ।

इटनमा फैलिएको आगलागीबाट करिब १४ हजार एकड क्षेत्रफल जलेर खरानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077