Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

संसद् अब चाँडै चल्छ : सभामुख घिमिरे

संसद् अब चाँडै चल्छ : सभामुख घिमिरे

शनिवार , पौष २७, २०८१

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसद्को अधिवेशन चाँडै आह्वान हुने विश्वास व्यक्त गरेका छन् ।

३०३औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपा नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको चियापन कार्यक्रममा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन ।

उनले संघीय संसद्को अधिवेशन बस्ने समय भइसकेको बताए । “सदन अब बेला भा’छ, चाँडै चल्छ,” उनले भने ।

सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको अध्यादेश बाहिर आइनसकेकाले जानकारी नभएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077