Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

कतारबाट मलद्वारमा लुकाएर ल्याइयो ‘सुन’, एयरपोर्टबाट तीनजना पक्राउ

कतारबाट मलद्वारमा लुकाएर ल्याइयो ‘सुन’, एयरपोर्टबाट तीनजना पक्राउ

शनिवार , पौष २७, २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने धातुसहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीका ३२ वर्षीय कृष्णप्रसाद चौधरी, ३० वर्षीय मोहम्मद इलियास र सुनसरीका २७ वर्षीय शिवशंकर चौधरी छन् ।

हिमालय एयरलाइन्सको उडानमार्फत कतारको दोहाबाट उनीहरू काठमाडौं आएका थिए । भन्सार छली लैजान लागिएको उक्त धातुसहित शुक्रबार उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा मलद्वारभित्र लुकाइएको सुनजस्तो देखिने धातुसहित फेला पारी उनीहरूलाई पक्राउ गरिएको हो ।

कृष्णप्रसादको साथबाट ५८.३३ ग्रामको सिक्री, मोहम्मदको साथबाट ५८.३३ ग्रामको सिक्री र शिवशंकरको साथबाट ५८.३३ ग्रामको सिक्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

आवश्यक अनुसन्धान एवं कारबाहीका निम्ति उनीहरूलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077