Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

मावि शिक्षकका लागि जागिर खुल्यो, ३६८ जना माग

मावि शिक्षकका लागि जागिर खुल्यो, ३६८ जना माग

आइतवार , पौष २८, २०८१

काठमाडौं । शिक्षक सेवा आयोगले ठूलो संख्यामा माध्यमिक तहका लागि शिक्षक माग गरेको छ ।

आइतबार सूचना जारी गर्दै आयोगले तीनसय ६८ जना शिक्षकको लागि दरखास्त आह्वान गरेको हो ।

आयोगका अनुसार एक महिने म्याद राखेर विभिन्न विषयको माध्यमिक तह, तृतिय श्रेणीका शिक्षक पदका लागि खुला प्रतियोगितात्मक परीक्षाको लागि दरखास्त खुला गरिएको छ ।

तोकिएको न्यूनतम गोग्यता पुगेका इच्छुक उम्मेदवारले आयोगको आधिकारिक अनलाईन प्रणालीबाट दरखास्त दिन सकिने सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077