Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

चरेस, अफिम र गाँजासहित हेटौंडाबाट तीन जना पक्राउ

चरेस, अफिम र गाँजासहित हेटौंडाबाट तीन जना पक्राउ

आइतवार , पौष २८, २०८१

हेटौंडा । मकवानपुर प्रहरीले ठूलो परिमाणमा चरेस, अफिम र गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतको हरियाणा जिल्लाको ग्राम पंचायत गोविन्द नगर थाना सदर घर भएका २५ वर्षीय कुनाल गोथ्वाल, सोही ठाउँका न्यु सुवास नगर थाना सदर घर भएका २० वर्षीय मनिस कुमार र वीरगञ्ज महानगरपालिका–२६ अठराह सुगौली बस्ने २० वर्षीय राजन रारुत कुर्मी रहेका छन् ।

गोथ्वाल र मनिसलाई अवैध लागूऔषध चरेस २१ किलो ४६० ग्राम र अफिम ३ किलो ४७० ग्रामसहित गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

डिएल ८ सिएक्स १२२४ नम्बरको कारमा लुकाएर चरेस र अफिम ल्याइरहेको अवस्थामा मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका–११ टिस्टुङ नौखण्डेको त्रिभुवन राजपथ सडकखण्डबाट लागूऔषधसहित कार र उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसैगरी, राजन रारुत कुर्मीलाई प्रहरीले लागूऔषध गाँजा १०१ किलोसहित पक्राउ गरेको हो ।

आज आइतबार बिहान साढे ५ बजे रातोमाटे प्रहरी चौकीबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१५ राटोमाटेबाट कुर्मीलाई गाँजासहित पक्राउ गरेको थियो।

चितवनबाट वीरगन्ज जाँदै गरेको डिएल १३ सी १५६१ भारतीय नम्बरको कारमा लुकाएर ल्याएको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077