Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

वृद्धालाई कुटपिट गरी लुटपाट गरेको आरोपमा चारजना पक्राउ

वृद्धालाई कुटपिट गरी लुटपाट गरेको आरोपमा चारजना पक्राउ

आइतवार , पौष २८, २०८१

काठमाडौं । ललितपुरको धापाखेलमा ९० वर्षीया वृद्धालाई कुटपिट गरी लुटपाट गरेको आरोपमा चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्चीका अम्बरबहादुर तामाङ, सन्च तामाङ, जीतमाया घलान र सिन्धुपाल्चोक पाँचपोखरीका भीमबहादुर विक छन् ।

गएको पुस २२ गते दिउँसो साढे १२ बजे धापाखेलस्थित सम्झना बुढामगरको घरमा प्रवेश गरी उनीहरूले कुटपिट गरी नगद तथा गरगहना लगेका आरोप छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनीहरूले बुढामगरले कानमा लगाएको सुनको बेरुवा रिङ, सुनको औँठी र सुनको सिक्री डाँकागरी लगेका थिए ।

उनीहरुको साथबाट डकैती गरेर लगेको सुनका गरगहना र २५ हजार रुपैयाँसमेत बरामद भएको छ । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077