Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

क्याथे प्यासिफिकको जहाजले विषाक्त खाना बाँडेको खुलासा, छानविन समिति गठन

क्याथे प्यासिफिकको जहाजले विषाक्त खाना बाँडेको खुलासा, छानविन समिति गठन

आइतवार , पौष २८, २०८१

काठमाडौं । हङकङको क्याथे प्यासिफिक एयरलाइन्सको खानाका कारण यात्रुलाई 'फुड पोइजनिङ' भएको खुलेको छ ।

काठमाडौंबाट हङकङ उडान भर्ने क्याथे प्यासिफिकको जहाजमार्फत् जनवरी ८ मा हङकङ गएका १० जना र जनवरी ९ मा १८ जना यात्रुलाई फुड पोइजन भएको हो ।

सो घटनाको छानविन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सुमन धितालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।

समितिलाई प्रतिवेदन बुझाउन ७ दिनको समय दिइएको छ । उडानको दुई दिनसम्म अस्वस्थ भएपछि यात्रुलाई हङकङकै नर्थ लन्ताउ हस्पिटलमा उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077