Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

सशस्त्र प्रहरीमा माथिल्लो तहको रोकेर तल्लो तहको बढुवा अघि बढाइयो

सशस्त्र प्रहरीमा माथिल्लो तहको रोकेर तल्लो तहको बढुवा अघि बढाइयो

आइतवार , पौष २८, २०८१

काठमाडौं । वृत्ति विकास नहुँदा अस्तव्यस्त भएको सशस्त्र प्रहरी बलमा सयौँ पदहरू महिनौंदेखि रिक्त राखिएका छन्। बढुवामा चलखेल हुँदा आईजीपी राजु अर्यालले प्रक्रिया नै सुरु गर्न सकेका छैनन् ।

गत भदौ १६ गतेदेखि डीआईजीदेखि विभिन्न पदहरू रिक्त छन्। बढुवामा जुनियरले दबाब दिएपछि सबै बढुवा प्रक्रिया अवरुद्ध हुन पुगेको छ, जसकारण सिंगो संगठन नै अस्तव्यस्त बनेको छ ।

अब माघमा डीआईजी किशोर प्रधानले अवकाश पाएपछि मात्र बढुवा प्रक्रिया अघि बढाउने तयारी छ । प्रधानको अवकाशपछि डीआइजीका तीन पद रिक्त हुनेछन्। जसमा सिं नम्बर १ का एक जना र सिं नम्बर २ का दुई जनाको बढुवा हुने सम्भावना रहेको बताइन्छ ।

सशस्त्र प्रहरीमा अहिले १५ वर्षअघि इन्स्पेक्टरमा भर्ना भएकाहरू अझै सोही पदमा कार्यरत छन् । डीएसपी र एसपीको पनि बढुवा हुन १० वर्ष लाग्ने अवस्था छ । तर, पद खाली हुँदा समेत बढुवा गर्न नभएपछि उनीहरूमाथि झन् अन्याय भएको छ ।

माथिल्लो तहमा तत्काल बढुवा हुने सम्भावना नभएपछि इन्स्पेक्टर र त्यो भन्दा तल्लो तहमा बढुवा प्रक्रिया अघि बढाइएको छ ।

गत १९ पुसमा एकै पटक सहायक हवल्दारदेखि इन्स्पेक्टरसम्मका रिक्त पदमा बढुवाका लागि फारम भर्न सूचना जारी गरिएको थियो । जसअनुसार यो हप्ता तल्लो तहका करिब एक हजार सात सय पदमा बढुवा हुने सशस्त्र प्रहरी स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077