Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

मध्यरातमा प्रहरीले हान्यो जुवाखालमा छापा

मध्यरातमा प्रहरीले हान्यो जुवाखालमा छापा

सोमवार , पौष २९, २०८१

धनगढी । कैलालीमा मध्यरातमा प्रहरीले जुवाखालमा छापा हानेको छ ।

आइतबार राति २ बजे बर्दगोरिया गाउँपालिका–३ का जीवन खत्रीको घरमा जुवातास भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा हानेर ११ जनालाई पक्राउ गरेको हो ।

जुवातास खेलिरहेको अवस्थामा भेटिएका खत्रीसहितका ११ जनालाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ का तपेन्द्र खड्का, बिनोद अधिकारी, सुरज ओली, सुुर्खेतको चौकुने गाउँपालिकाका तिलकबहादुर बन्तोला, मोहन खत्री, घोडाघोडी नगरपालिका–२ का कटक थापा, बर्दगोरिया–१ का केशव बुढा, उपेन्द्र सुनार, तारामान कुँवर र लोकबहादुर बिक रहेका छन् ।

उनीहरुको साथबाट तासको गड्डी, ११ थान मोबाइल र ६२ हजार ८५५ रुपैयाँ नगद बरामद गरिएको छ । प्रहरीले उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान थालको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077