Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बाइडन र नेतान्याहुबीच फोन वार्ता, के भयो कुराकानी ?

बाइडन र नेतान्याहुबीच फोन वार्ता, के भयो कुराकानी ?

सोमवार , पौष २९, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच फोनवार्ता भएको छ । उनीहरूबीच गाजा युद्धविराम र बन्धकहरूको रिहाइका लागि वार्ता भएको हो ।

यो वार्ता डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हाल्नुअघि सहमतिमा पुग्ने अन्तिम प्रयासको हिस्सा रहेको बताइएको छ ।

ह्वाइट हाउसका अनुसार फोनवार्ताका क्रममा राष्ट्रपति बाइडनले हमासद्वारा बन्धक बनाएका मानिसहरूको रिहाइ र तत्काल युद्धविराम गर्न जोड दिएका थिए ।

शनिबार ट्रम्पका मध्यपूर्व राजदूतले प्रधानमन्त्री इजरायली नेतान्याहुसँग भेट गरेका थिए । ट्रम्पले आफूले राष्ट्रपतिको कार्यभार सम्हानुअघि नै बन्धकहरूलाई रिहा गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077