Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

रवि लामिछानेविरुद्ध ११ जना सरकारी वकिलले बहस गर्ने

रवि लामिछानेविरुद्ध ११ जना सरकारी वकिलले बहस गर्ने

सोमवार , पौष २९, २०८१

काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलास आज बिहानदेखि थुनछेक बहस सुरु भएको हो।

आइतबार बयान सकिए पनि थुनछेक बहस नभएपछि जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई न्यायिक हिरासतमा पठाउन आदेश दिएको थियो।

थुनछेक बहसका लागि प्रहरीले लामिछानेलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइ सकेको छ ।

रविका विरुद्धमा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले, जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालसहित ११ जनाले बहस गर्ने भएका छन्।

रविका पक्षबाट भने पूर्वमहान्यायाधिवक्ताद्वय सुशील पन्त र रमनकुमार श्रेष्ठले बहस गर्दै छन्। उनीहरूका लागि न्यायाधीश अधिकारीले सवा १ घण्टा समय तोकिदिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077