Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

एआइजी र डिआइजीमा बढुवा भएका प्रहरी अधिकृतले लगाए फूली

एआइजी र डिआइजीमा बढुवा भएका प्रहरी अधिकृतले लगाए फूली

सोमवार , पौष २९, २०८१

काठमाडौं । नेपाल प्रहरीका आठ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त हादुर कुँवरले आज एआइजी र डिआइजीमा पदोन्नति भएका ८ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच आईजीपी कुँवरले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरे ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय कुवेर कडायत र रबिन्द्र केसी, प्रहरी नायव महानिरीक्षकहरू ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरूण पौडेल र गोबिन्द थपलिया तथा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक लालबाबु गिरी रहेका छन् ।

एआइजी र डिआइजीको बढुवासँगै पदस्थापन पनि गरिएको। एआइजीमा बढुवा भएका कुबेर कडायतको कार्यविभाग तथा रबिन्द्र केसीको प्रदेश समन्वय विभागमा पदस्थापन भएको छ।

त्यस्तै, डिआइजीमा बढुवा भएका ईश्वर कार्कीको अन्वेषण योजना तथा विकास निर्देशनालय, राजेन्द्र प्रसाद भट्टको कार्य विभाग, दिनेश आचार्यको प्रहरी महानिरीक्षकको सचिवालय, अरुण पौडेलको अपराध अनुसन्धान विभाग र गोविन्द थपलियाको प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ ।

आईजीपी कुँवरले पदोन्नती भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पदोन्नतिलाई व्यक्तिगत सुविधा र खुशी भन्दा माथि राख्दै पदिय जिम्मेवारी र जवाफदेहीता थप भएको महसुस गरेर कार्यसम्पादनमा अझ निखर र तल्लीन रहन निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077