Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

एसएपी बढुवासँगै चार जिल्लाका प्रहरी प्रमुख रिक्त हुँदै

एसएपी बढुवासँगै चार जिल्लाका प्रहरी प्रमुख रिक्त हुँदै

मंगलवार , माघ १, २०८१

काठमाडौं । अन्ततः लामो रस्साकस्सीपछि नेपाल प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस भएको छ ।

सोमबार बेलुका बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो । सिफारिससँगै चार जिल्लाका प्रहरी प्रमुख पद खाली भएको छ ।

बाराका महेन्द्र खड्का, सिन्धुपाल्चोकका सन्तोष खड्का, नुवाकोटका शान्तिराज काेइराला र इलामका प्रभु ढकाल बढुवा सिफारिस भएका हुन्। ती जिल्लामा नयाँ एसपी पठाउन लागिएको छ ।

उता,एसएसपीपछि एसपीमा बढुवामा पनि गृहकार्य अघि बढेकाे छ। एसपीको बढुवासँगै धेरै जिल्लाका प्रहरी प्रमुख हेरफेरको तयारी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077