Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

उच्च अदालत पाटनका न्यायाधीश सवार कार दुर्घटना

उच्च अदालत पाटनका न्यायाधीश सवार कार दुर्घटना

मंगलवार , माघ १, २०८१

सुनसरी । सुनसरीको बराहक्षेत्रमा उच्च अदालत पाटनका न्यायाधीश सवार कार दुर्घटनामा परेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत बराहक्षेत्र नगरपालिका–३ नडाह जंगलमा मंगलबार साँझ सवा ५ बजेतिर उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मी सवार कार दुर्घटनामा परेको हो ।

दुर्घटनामा विराटनगर महानगरपालिका–४ घर भएका न्यायाधीश ५४ वर्षीय रेग्मी र इलामको देउमाई नगरपालिका–४ का ६१ वर्षीय कृष्ण खनाल घाइते भएको प्रहरीले जनाएको छ।

काठमाडौंबाट विराटनगरतर्फ आउँदै गरेको बी एबी ७१४६ नम्बरको कार दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा परेर घाइते भएका दुवै जनाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार रेग्मीको अवस्था मध्यम र खनालको गम्भीर रहेको छ । न्यायाधीश रेग्मी, उनका भिनाजु, छोरा र छोरी तथा चालकसहित ५ जना सवार रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

अन्य तीनजना सकुशल रहेका छन् भने चालक भक्तपुर नगरपालिका–५ घर भएका ५४ वर्षीय कृष्णमान खोटेजालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077