Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

आजको मौसम : यी प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना

आजको मौसम : यी प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना

बुधवार , माघ २, २०८१

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागको मौसम आंशिक बदली छ भने तराईका केही भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ ।

देशका बाँकी भूभागको मौसम अहिले मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ।

त्यसैगरी देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा आज हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको अवस्था रहेको छ । यसका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077