Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

आशिका तामाङलाई पाँच दिन थुनामा राख्न अनुमति

आशिका तामाङलाई पाँच दिन थुनामा राख्न अनुमति

बुधवार , माघ २, २०८१

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई पाँच दिन थुनामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।

पशुपति विकास कोषका पदाधिकारी तथा कर्मचारीमाथि गालीगलौज र अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकी तामाङलाई पाँच दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको हो।

कोषका सफाइका कर्मचारीको करार थप नगरेको विषयलाई लिएर तामाङसहितको समूहले गत २८ पुसमा अभद्र व्यवहार गरेको भनेर जाहेरी परेको थियो ।

जाहेरीपछि तामाङलाई प्रहरीले बुधबार स्वयम्भूबाट पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालयमा पेस भएकोमा अनुसन्धानका लागि पाँच दिनको म्याद दिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077