Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पर्यटन राज्यमन्त्री अरुणविरुद्धको रिट खारेज, सांसद पद जोगियो

पर्यटन राज्यमन्त्री अरुणविरुद्धको रिट खारेज, सांसद पद जोगियो

बुधवार , माघ २, २०८१

काठमाडौं । सर्वोच्च अदालतले पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीको योग्यता विवादसम्बन्धी रिट खारेज गरिदिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार निर्णय सुनाउँदै कैलाली क्षेत्र नं २ का सांसद चौधरीविरुद्धको रिट खारेज गरिदिएको हो ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले यो निर्णय सुनाएको हो । योसँगै उनको सांंसद पद पनि जोगिएको छ ।

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नसमेत योग्य नभएकाले उनलाई पदमुक्त गर्नुपर्ने माग राखी अधिवक्ता वसन्त जोशीले २०७९ चैत १७ गते यो रिट दायर गरेका थिए ।

फौजदारी कसुरमा सजाय ठहर भएका चौधरीको सांसदको उम्मेदवार बन्न योग्यता नपुग्ने भएकाले उनी निर्वाचित भएको भन्ने निर्वाचन आयोगको घोषणा बदर हुनुपर्ने रिटमा दाबी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077