Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रवि लामिछानेलाई छुटाउन प्रभु बैंकको 'ग्यारेन्टी' !

रवि लामिछानेलाई छुटाउन प्रभु बैंकको 'ग्यारेन्टी' !

बुधवार , माघ २, २०८१

काठमाडौं । प्रभु बैंक ग्यारेन्टी बसेपछि रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन् ।

अदालतको आदेशपछि लामिछानेले धरौटी बापतको बैंक ग्यारेन्टी पेश गरेका छन् । ६० लाख रुपैयाँको धरौटीमा प्रभु बैंक ग्यारेन्टी बसिदिएसँगै लामिछाने छुटेका हुन् ।

यदि तोकिएको धरौटीबापतको रकम अहिले रविसँग नभए अदालतमा आफूले तिरिदिने भनेर प्रभु बैंक ग्यारेन्टी बसिदिएको हो । बुधबार न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

यस्तै उनी कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार मात्र छुटेका थिए । त्यसअघि उनी ८४ दिनदेखि प्रहरी हिरासतमा थिए । जिल्ला अदालत कास्कीबाट छुट्दा पनि लामिछानेलाई प्रभु बैंकले नै बैंक ग्यारेन्टी राखिदिएको थियो ।

एमाले सांसद तथा ठगी मुद्दामा काठमाडौं प्रहरीको छानविनमा तानिएका प्रभु मनी ट्रान्सफरका देबी भट्टचनको पहलमा प्रभु बैंकले ग्यारेन्टी दिएपछि लामिछाने छुटेको स्रोत बताउँछ ।

प्रभु मेनेजमेन्टबाट आफू र आफन्तको नाममा रहेको सेयर केही वर्ष पहिले कर्मचारीहरुको नाममा जवर्जस्ती नामसारी गरेर सहकारीबाट जम्मा भएको करोडौं रकम हिनामिना गरेको भन्दै प्रभु मनि ट्रान्सफरका भट्टचनमाथि प्रहरीमा ठगीको जाहेरी परेको छ ।

सरकारी वकिल कार्यालयले कारबाहीका लागि पठाएको उक्त जाहेरीमाथि केलाएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077