Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रास्वपा लक्षित बास्कोटाको कटाक्ष - बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला ?

रास्वपा लक्षित बास्कोटाको कटाक्ष - बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला ?

बिहिवार , माघ ३, २०८१

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले रास्वपाप्रति कटाक्ष गरेका छन् । आज बिहान सामाजिक सञ्जालमा उनले रास्वपाका नेता तथा कार्यकर्ताहरूप्रति कटाक्ष गर्दै बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला भन्दै प्रश्न गरेका हुन् ।

उनले लेखेका छन्, 'न्याय मरेको छैन भन्थे अदालत परिसरमै मुक्का बजारेपछि जिउँदो मात्र होइन माइक टाईसनभन्दा तीनगुणा बललशाली रहेको प्रमाणित भयो।'

बास्कोटाले रास्वपा सभापति रवि लामिछाने अझैं तीन वटा अदालतमा हाजिर हुनुपर्ने प्रसंग निकाल्दै कति कालाकोट धुजाधुजा हुने हुन् भन्दै खेद प्रकट गरेका छन्।

उनले अगाडि लेखेका छन्, 'अझै तीन परिसर चाहार्न बाँकी छ जस्तो छ ? कति कालाकोट धुजाधुजा हुने हुन् ? टेलर्स, मिडीया, मेडिकल, मःम, मकै सबै चल्ने भए। बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला ?'

हिजो वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौँ जिल्ला अदालतभित्रै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले आक्रमण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077