Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध उजुरी आह्वान

न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध उजुरी आह्वान

बिहिवार , माघ ३, २०८१

काठमाडौं । न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाइ सुरु भएको छ ।

सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले खड्काको संसदीय सुनुवाइ थाल्दै उजुरी आह्वान गरेको हो।

खड्कालाई न्याय परिषद् सदस्य बनाउन उपयुक्त छैन भन्ने लागेको खण्डमा १० दिनभित्र उजुरी दिन सकिनेछ।

उजुरीकर्ताले चाहेमा उनीहरूको नाम, थर र वतन गोप्य रहनेछ।

समितिको बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले खड्काको नाम प्रस्ताव गरी संसदीय सुनुवाइ हुन न्याय परिषद्‌बाट समितिसमक्ष आएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077