Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

शुक्रबार गृहप्रदेश आउँदै एमालेबाट निष्काशनमा परेका डा. रावल, सिधै अछाम जाने

शुक्रबार गृहप्रदेश आउँदै एमालेबाट निष्काशनमा परेका डा. रावल, सिधै अछाम जाने

बिहिवार , माघ ३, २०८१

कैलाली । नेकपा एमालेबाट निष्कासितपछि पूर्व उपप्रधानमन्त्री डा. भीम रावल शुक्रबार पहिलो पटक गृहप्रदेश आउने भएका छन् । उनी शुक्रबार बिहान विमानमार्फत् धनगढी आउन लागेका हुन् ।

उनको सचिवालयका अनुसार डा. रावल शुक्रबार नै गृहजिल्ला अछाम जाने कार्य तालिका छ । उनले शनिबार रामारोशन गाउँपालिकामा आयोजना हुन लागेको राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिताको उद्घाटन गर्ने छन् ।

अन्य कार्यक्रमको कार्यतालिका भने अहिले तय भएको छैन । डा. रावल अछाम पुगेपछि मात्रै अन्य कार्यतालिका तय हुने बताइएको छ । तर पनि त्यहाँ रावलले आफू समर्थित नेता कार्यकर्तालाई भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

एमालेबाट निष्काशनमा परेका डा. रावलले अहिले मातृभुमि जागरण अभियान सञ्जालन गरिरहेका छन् । यद्यपी उनले नयाँ पार्टी भने खोलेका छैनन् । त्यसबारे पनि अछाममा वृहत छलफल गर्ने डा. रावलको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077