Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

भीम रावलको पार्टी नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’

भीम रावलको पार्टी नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’

बिहिवार , माघ ३, २०८१

काठमाडौं । नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावलले मातृभूमि जागरण अभियान, नेपालको घोषणा गरेका छन् । बिहीबार साँझ फेसबुकमा एक स्ट्याटस राख्दै उनले आफ्नो योजना घोषणा गरेका हुन् ।

रावलले चार पानाको ‘मातृभूमि जागरण अभियान, नेपाल, संक्षिप्त जानकारी’ भन्दै एक प्रस्ताव सार्वजनिक गरेका छन् ।

उनले यो विषयमा छलफल गर्दै मातृभूमि जागरण अभियान, नेपाल संचालन गर्दै त्यसैबाट संगठन निर्माण गरेर ‘देशमा देशभक्तिपूर्ण राजनीतिक शक्तिरदल निर्माण निर्माणमा योगदान गर्ने’ उल्लेख गरेका छन् ।

यसको संगठन वडा, पालिका, जिल्ला, प्रदेशदेखि केन्द्रसम्मै गर्ने योजना रावलले राखेका छन् । रावलले मातृभूमि जागरण अभियान गठन गर्नुका ११ उद्देश्य अघि सारेका छन् ।

अवधारणापत्र सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृध्दिको झण्डा उठाअ‍ौं, मनपरीतन्त्र, कुशासन, भ्रष्टाचार र विकृतिका विरूद्ध जुटौं !’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077