Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

राज्य व्यवस्था समितिको बैठकमा आज गृहमन्त्री लेखक जाने

राज्य व्यवस्था समितिको बैठकमा आज गृहमन्त्री लेखक जाने

शुक्रवार , माघ ४, २०८१

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकसँग छलफल गर्ने भएको छ ।

शुक्रबार दिउँसो साढे १२ बजे समिति हल सिंहदरबारमा बस्ने बैठकमा छलफलका लागि गृहमन्त्रीलाई बोलाइएको हो ।

बिहीबार बसेको समितिको बैठकले शुक्रबार बस्ने बैठकमा गृहमन्त्री लेखकलाई राष्ट्रिय परिचयपत्रको विषयमा छलफल गर्न बोलाउने निर्णय गरेको थियो ।

राष्ट्रिय परिचयपत्रको नाममा जनताले पाएको सास्तीका विषयमा केन्द्रित रहेर गृहमन्त्रीसँग छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077