Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

चैत १९ भित्र क्रियाशील सदस्यता विवरण बुझाउन कांग्रेसको सर्कुलर

चैत १९ भित्र क्रियाशील सदस्यता विवरण बुझाउन कांग्रेसको सर्कुलर

शुक्रवार , माघ ४, २०८१

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा वितरण गरी चैत १९ भित्र विवरण पठाउन सर्कुलर जारी गरेको छ ।

महामन्त्री गगन थापा नेतृत्वको केन्द्रीय सदस्यता व्यवस्थापन समितिले जारी गरेको सर्कुलरमा चैत १९ गते दिउँसो ३ बजेभित्र शूल्कसहित विवरण बुझाइसक्न निर्देशन जारी गरिएको हो ।

१५औँ महाधिवेशनका लागि पूर्वसर्तका रूपमा रहेको क्रियाशील सदस्यता वितरण तथा नवीकरण सकेपछि मात्र अन्य कार्यतालिकामा प्रवेश गर्ने बाटो खुल्छ ।

०७८ मंसिरमा १३औँ महाधिवेशन गरेको कांग्रेसको नियमित महाधिवेशनको अवधि आगामी मंसिरमा सकिन्छ ।

कांग्रेसमा नियमित समयमा महाधिवेशन गर्ने र विधानले दिएका सबै सुविधा उपयोग गर्ने विषयमा संस्थापन र संस्थापनइतरबीत मतभेद रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077