Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रास्वपाका कोशी प्रदेश सभापति तिम्सिना निलम्बित

रास्वपाका कोशी प्रदेश सभापति तिम्सिना निलम्बित

शुक्रवार , माघ ४, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना कोसी प्रदेश सभापति तथा प्रदेश समिति सभापति राजेश तिम्सिनालाई निलम्बन गरेको छ ।

रास्वपाले शुक्रबार तिम्सिनालाई निलम्बनको पत्र पठाएको हो ।

केन्द्रीय अनुशासन आयोगको नियमावली २०८० को परिच्छेद ४ नियम ४.१ (ख)को नियम ४.१.१ (ख) तथा नियम ६.२.३ (झ) को अनुसार निलम्बन गरिएको छ पत्रमा भनिएको छ ।

पार्टीको कोसी प्रदेश सदस्यहरू, पदाधिकारी तथा जिल्ला सभापतिहरूले अनुसन्धान गरीपाउँ भनि केन्द्रीय अनुशासन आयोग आयोगसमक्ष दिएको उजुरी र त्यसपछिको स्थलगत मूल्यांकनपछि तिम्सिनालाई निलम्बन गरिएको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077