Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

तमिलनाडुमा साँढे जुधाई क्रममा ७ जनाको मृत्यु, ४०० घाइते

तमिलनाडुमा साँढे जुधाई क्रममा ७ जनाको मृत्यु, ४०० घाइते

शनिवार , माघ ५, २०८१

एजेन्सी । दक्षिणी भारतमा ‘बुल फाइट’ अर्थात् साँढे जुधाई प्रतियोगिताका क्रममा कम्तीमा सातजनाको मृत्यु भएको छ ।

दक्षिण भारतको तमिलनाडु राज्यका विभिन्न भागमा आयोजित कार्यक्रममा बिहीबार उनीहरुको मृत्यु भएको हो । यस्तै अन्य ४०० भन्दा बढी घाइते भएका छन् ।

छुट्टाछुट्टै घटनामा दुई साँढेको पनि मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । पुड्डुकोट्टाईमा एक कार्यक्रमका क्रममा साँढेको मृत्यु भएको छ भने शिवगंगाई जिल्लाको सिरावयाल गाउँमा साँढे लखेट्ने क्रममा एक साँढे मालिक र उनको साँढेको मृत्यु भएको छ ।

अधिकारीहरूले अधिकांश मृत्यु र घाइतेहरू मैदानबाहिर भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077