Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

बंगलादेशविरूद्ध नेपाल ५२ रनमै अल आउट

बंगलादेशविरूद्ध नेपाल ५२ रनमै अल आउट

शनिवार , माघ ५, २०८१

काठमाडौं । आईसीसी यू-१९ टी-२० महिला विश्‍वकपको आफ्नो पहिलो खेलमा नेपाल ५२ रनमा अलआउट भएको छ ।

बंगलादेशसँग टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १० बल अगावै ५२ रनमा अलआउट भएको हो। नेपालका लागि सना प्रवीनले सर्वाधिक १९ रन बनाइन्। उनले ३२ बल खेलिन्।

त्यसपछि सिमाना केसीले १० रन बनाउनुबाहेक कसैले पनि दोहोर अंकमा स्कोर जोड्न सकेनन्।

सावित्री धामी १ रनमा, कप्तान पुजा महतो २ रनमा, सोनी पाख्रिन शून्यमा, किरण कुँवर १ रनमा, अलिशा यादव ४ रनमा, तिर्सना विश्वकर्मा ३ रनमा, अनु कडायत शून्यमा, रचना चौधरी ३ रनमा आउट हुँदा रिया शर्मा ५ रन बनाएर नट आउट रहिन्।

बलिङमा बंगलादेशकी जन्नतउल मौसाले २ विकेट लिइन्। निशिता अख्तर निशी, फहोमिदा चोया र अनिशा अख्तर सोबाले एक/एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077