Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पहिलो चरणमा ७३७ कैदीलाई रिहा गर्ने इजरायलको घोषणा

पहिलो चरणमा ७३७ कैदीलाई रिहा गर्ने इजरायलको घोषणा

शनिवार , माघ ५, २०८१

एजेन्सी । इजरायलको न्याय मन्त्रालयले पहिलो चरणअन्तर्गत ७३७ कैदी बन्दीलाई रिहा गरिने जनाएको छ ।

इजरायलले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा सो जानकारी दिइएको हो । सरकारले हाल कारागार सेवाको हिरासतमा रहेका ७३७ कैदी तथा बन्दीलाई रिहा गर्न स्वीकृति दिएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले शनिबार बिहानै युद्धविराम सम्झौतालाई अनुमोदन गर्न इजरायलको क्याबिनेटले मतदान गरेको र यो सप्ताहन्तमा युद्धविराम लागू हुने वा नहुने भन्ने अनिश्चितता अन्त्य भएको जनाएको छ ।

मन्त्रालयले पुरुष, महिला र बालबालिकालाई स्थानीय समयअनुसार आइतबार अपराह्न ४ बजे रिहा गर्ने जनाएको छ ।

यसअघि मन्त्रालयले गाजामा रहेका इजरायली बन्दीको बदलामा रिहा हुने ९५ जना प्यालेस्टिनी कैदीको सूची प्रकाशित गरेको थियो ।

विस्तारित सूचीमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासको फताह पार्टीका सशस्त्र शाखाका प्रमुख जकारिया जुबेदी पनि थिए ।

सन् २०२१ मा इजरायलको गिल्बोआ जेलबाट अन्य पाँच जना प्यालेस्टिनीसँग जुबेदी भागेका थिए ।

रिहा हुनेमा प्यालेस्टिनी वामपन्थी सांसद खालिदा जरार पनि छन्, जसलाई इजरायलले गिरफ्तार गरेर कैयौं पटक जेलमा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077