भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले आगामी २०८४ सालको निर्वाचनमा पार्टीले कम्तीमा १५० सिट जित्ने दाबी गरेका छन् ।
शनिबार चाँगुनारायण नगर समिति वडा नं-५ को प्रथम ऐतिहासिक वडा अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले रास्वपालाई जनताले आशा र भरोसा राखेको पार्टीको रूपमा बयान गरे ।
साथै, उनले समावेशी र समतामूलक समाज निर्माणमा रास्वपाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।