काठमाडौं । नेपाली पुरुष टोली पनि खो खो विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
भारतमा चलिरहेको विश्वकप अन्तर्गत शनिबार साँझ सम्पन्न सेमिफाइनल खेलमा इरानलाई ७२–२० ले हराउँदै नेपाली पुरुष टोलीले फाइनल यात्रा पक्का गरेको हो ।
नेपाली खो खो इतिहासमा यो एक ऐतिहासिक क्षण बनेको छ ।
शनिबार दिउँसो नै सम्पन्न महिलातर्फको सेमिफाइनल खेलमा नेपाली महिला टोलीले युगान्डालाई ८९–१८ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।
अब दुबै टोलीले आइतबार उपाधिका लागि फाइनल खेल्नेछन् ।