Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पेस्तोलसहित यादव र महतो समातिए

पेस्तोलसहित यादव र महतो समातिए

शनिवार , माघ ५, २०८१

धनुषा । धनुषामा पेस्तोलसहित दुईजना पक्राउ परेका छन् । शनिबार धनौजी गाउँपालिका–४ भडरिया क्षेत्रबाट सशस्त्र प्रहरीले भारत र नेपालका दुई व्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लाको सिलानाथ बरही ग्राम पंचायत–५ बस्ने २१ वर्षीय रुपेशकुमार यादव र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–८ सीतानगरका २४ वर्षीय तेजेशकुमार महतो छन् ।

उनीहरूलाई सशस्त्र प्रहरी निरीक्षक रविन्द्र दाहाल नेतृत्वको टोलीले पक्राउ गरेको बताइएको छ ।

बीओपी धनौजीको टोलीले बिआर ३२ एडब्लू १८११ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा महतोको साथबाट ९ एमएम बाउनिङ पेस्तोल बरामद गरेको जनाएको छ ।

उनीहरुको सथाबाट एक थान म्यागजिन र पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोली पनि बरामद भएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077