Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सन्दीपले क्रिकेटबाट सन्यास लिएका हुन् ?

सन्दीपले क्रिकेटबाट सन्यास लिएका हुन् ?

आइतवार , माघ ६, २०८१

काठमाडौं । किक्रेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट सन्यास लिएको आशय व्यक्त गरेका छन् ।

मध्यराति आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्ट लेख्दै उनले सबैलाई धन्यवाद दिएका हुन् । राष्ट्रिय टिमबाट सन्यास लिएको भन्ने प्रष्ट शब्द उल्लेख गरेका छैनन् ।

तर उनको पोस्टले त्यहीँ आशय व्यक्त गरेको छ । उनको पोस्टमा समर्थकहरूले निवृत्त जीवन सफल रहोस् भनेर शुभकामना दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘धन्यवाद, सबैलाई, सबै कुराको लागि। यो देश र यस सुन्दर राष्ट्रका अविश्वसनीय मानिसहरू सधैं मेरो साथमा उभिएका छन्, मेरो यात्राको हरेक पाइलामा अटल समर्थन प्रदान गर्दै छन्। तपाईंको माया र प्रोत्साहन मेरो लागि संसारको अर्थ हो र सधैंभरि मेरो हृदयमा विशेष स्थान राख्नेछ। शब्दहरूमा व्यक्त गर्न नसकिनेगरी आभारी छु।’

सन्दीपले हालै सम्पन्न जय ट्रफीमा बागमतीको कप्तानी गरेका थिए भने केही समयअघि सम्पन्न नेपाल प्रिमियर लिगमा उनले विराटनगर किंग्सको कप्तानी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077