Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आज खोखो विश्वकपको फाइनल खेल्दै नेपालका महिला र पुरुष टोली

आज खोखो विश्वकपको फाइनल खेल्दै नेपालका महिला र पुरुष टोली

आइतवार , माघ ६, २०८१

काठमाडौं । खो–खो विश्वकपको उपाधिका लागि नेपालका दुवै टोलीले आज आयोजक भारतसँग खेल्दैछन् ।

पुरुषतर्फको फाइनल खेल नेपाली समय अनुसार बेलुका ८ बजे र महिलातर्फको बेलुका सवा ५ बजे शुरु हुनेछ । खेल नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर स्टेडियममा हुनेछ ।

हिजो भएको सेमिफाइनलमा पुरुषतर्फ नेपालले इरान र भारतले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेका हुन् ।

महिला टोली अपराजित रहँदै उपाधि नजिक पुगेको हो । नेपालको महिला टोलीले हिजो भएको सेमिफाइनलमा युगान्डा र भारतले दक्षिण अफ्रिकालाई हराउँदै फाइनल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077