काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जवाफ फर्काएका छन् ।
प्रमुख प्रतिपक्षी दल माओवादीका अध्यक्षसमेत रहेका प्रचण्डले सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै तत्काल संसद्को विशेष अधिवेशन बोलाउन सरकारसँग माग गरे का थिए ।
यता महासचिव पोखरेलले भने विशेष अधिवेशनले हिउँदे अधिवेशनको आवश्यकता पूरा नगर्ने भन्दै जवाफ फर्काएका हुन् ।
आफ्नो पालामा माघको अन्तिम सातामा मात्रै हिँउदे अधिवेशन बोलाएको हेक्का राख्न उनले प्रचण्डलाई आग्रह पनि गरे ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘‘प्रचण्डजी प्रधानमन्त्री हुँदा हिउँदे अधिवेशन माघको अन्तिम सातामा बोलाएको बिर्सनुभएछ कि क्या हो ? उहाँलाई अहिले माघको पहिलो हप्तामै हिउदे अधिवेशन नडाकेकोमा ठूलो चिन्ता भएछ ।’’
विपक्षी दलको नेता भयपछि घुर्की त लगाउनैपर्यो क्यारे ! होइन त ? भन्दै पोखरेलले कटाक्ष गरेका छन् । उनले थप लेखेका छन्, ‘‘विशेष अधिवेशनले हिउँदे अधिवेशनको आवश्यकता पूरा गर्दैन भन्ने उहाँलाई हेक्का त होला नै । तर पनि विपक्षी दलको नेता भयसी घुर्की त लगाउनै पर्यो क्यारे ! होइन त ?’’