Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सैफ अली खानमाथि चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ

सैफ अली खानमाथि चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ

आइतवार , माघ ६, २०८१

एजेन्सी । बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गर्ने एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मोहम्मद शरीफुल इस्लाम शहजाद रहेका छन् । आइतबार बिहान प्रहरीले आरोपीलाई पक्राउ गरेको हो।

उनलाई पक्राउ गरेको केही समयपछि प्रहरीले पत्रकार सम्मेलन गरेर आक्रमणकारीको बारेमा जानकारी दिएको थियो।

उनी चोरीको उद्देश्यले घरमा प्रवेश गरेका थिए। प्रहरीका अनुसार आक्रमणकारी केही समय मुम्बईमा बसेर फर्किएका र त्यसपछि फेरि मुम्बई आएका थिए।

आरोपीलाई ठाणेको हीरामण्डी श्रम शिविरबाट पक्राउ गरिएको थियो। मुम्बई प्रहरीले आरोपित आक्रमणकारी बंगलादेशका नागरिक हुन सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077